काठमाडौं, १८ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आँफै सरकारमा सहभागी हुने तयारीमा छन् । राउत यसअघि पनि मन्त्री हुने चर्चा थियो । तर, उपप्रधानमन्त्री र भनेको मन्त्रालय नपाउने भएपनि उनी रोकिएका थिए ।
अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर फेरिएको राजनीतिक समिकरणमा राउत कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा मिसिएका छन् । राउतको दल पनि सरकारमै छ । तर, अब भने दुई मन्त्रालय पाउनेगरि जनमत सरकारमा सहभागी हुन लागेको हो ।
जनमत पार्टीका नेता तथा खानेपानीमन्त्री अब्दुल खानलले आफ्नो पार्टीले अब हुने सरकार विस्तारमा आफ्नो दल दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने जनाए । उनले पार्टी अध्यक्ष राउत नै उपप्रधानसहित सरकारमा सहभागी हुने खुलासा गरे ।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने आठ दलका सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी संसद् भवन नयाँ बानेश्वर पुगेका पुगेका खानेपानी मन्त्री खानले आफूहरुले उपप्रधानमसहित दुई मन्त्रालय पाउने दाबी गरे।
राउतले सुरुवातदेखि नै उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएका छन् । राउत आँफै सरकारमा सहभागी हुँदा उपप्रधान एवम् उद्योगमन्त्री बन्ने सम्भावना रहेको सो दलका नेता तथा कार्यकर्ताहरुको भनाई छ । file photo