काठमाडौं, १८ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङ मत माग्नको लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन् ।
यसअघि नेम्वाङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
रास्वपाका सभापति लामिछानेसहितका सो दलका नेताहरु भेट्न नेम्वाङ रास्वपाको वसुन्धरास्थित् कार्यालय पुगेका हुन् ।
नेम्वाङले आजबाट संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग भेटवार्ता थालेका छन् ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र नेम्वाङको उम्मेदवारी परेको छ ।