काठमाडौं, १८ फागुन । नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा आयोजित एनएसयू ह्याकाथानको समापन भएको छ । नेविसंघ सभापति दुजाङ शेर्पाले आज उक्त ह्याकाथानको मोवाईल एपबाट पासनमा दियो बालेर समापन गरेका हुन् ।
सो अवसरमा सभापति शेर्पाले नेविसंघको अबको एजेन्डा शैक्षिक, सामाजिक, युवाहरूलाई उद्यमशील बनाउने, नेपालमै युवाहरूलाई टिकाउने र जलवायु परिवर्तनको एजेन्डामा केन्द्रित रहेको बताएका छन् ।
उनले भने, ‘नेपाल विद्यार्थी संघको अबको एजेन्डा शैक्षिक एजेन्डा, सामाजिक एजेन्डा, युवाहरूलाई उद्यमशील बनाउने र नेपालमै युवाहरूलाई टिकाउने, जलवायु परिवर्तनको एजेन्डामा हामी अघि बढ्नेछौँ ।’
ह्याकाथान भने मंगलबार सुरु भएको थियो । उक्त ह्याकाथानको उद्घाटन भने नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले गरेकी थिईन् । उक्त ह्याकाथानका विजेताहरुलाई पुरस्कार तथा सम्मानपत्र पनि शेर्पाले प्रदान गरेका थिए ।
तस्विर : दिनेश चौधरी/ReportersNepal