Logo

शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनैपनि गतिविधिको एक भएर विरोध र प्रतिवाद गर्ने माओवादी नेताहरुको निर्णय



काठमाडौं, फागुन २३ । माओवादी आन्दोलनका (पुर्व माओवादी) राजनीतिक दलहरूबिचको बैठक सकिएको छ। बैठकले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने लगायत तीनबुँदे निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्दछ ।’

आजको बैठकले माओवादीधारहरुको बैठकलाई निरन्तरता दिदै फागुन २६ गते पुनः बैठक बस्नेसमेत निर्णय गरेको छ ।

यसप्रकार छन बैठकले गरेका निर्णयहरु

१ : विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गरिने।

२ : संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत। र, सिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण।

३ : विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौं।



प्रतिक्रिया दिनुहोस्