काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद् रमेश लेखकले द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भएको बताएका छन्। मंगलबार ८ दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै प्रमुख सचेतक लेखकले द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भएको बताएका हुन्।
उनले भने, ‘सामान्यता फौजदारी कानुन आकर्शित हुन्छ भन्ने होइन। यसअघिको रिट आदेशमा पनि द्वन्द्वकालीन मुद्दा सङ्क्रमणकालीन न्यायको ढंगले टुंगिनु पर्छ भनिसकेको छ। द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भयो।’
यस्तै, नेता लेखकले छानबिन आयोग गठन गरेर द्वन्द्वकालीन मुद्दा छिटो निष्कर्षमा पुर्याउनु पर्ने पनि बताए।