काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिको उम्मेदवार तय गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनलाई लिएर जसपाले बैठक बोलाएको हो
। आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भैसकेको छ । त्यसअनुसार उम्मेदवार चयन गर्न जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
जसपानिकट उच्च स्रोतकाअनुसार संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने करिब करिब निश्चित् भैसकेको छ । यादव उपराष्ट्रपतिमा निर्वाचित भए उनको सांसद पद रिक्त हुनेछ ।
उनी निर्वाचित बारा–२ मा भने उपनिर्वाचन हुनेछ । सो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव आँफै उपनिर्वाचन लड्ने अन्तिम योजनामा छन् । त्यसको लागि उनले सो क्षेत्रको वार्मअप भिजिट पनि गरिसकेका छन् । file photo