Logo

पार्टी कार्यालयबाट घर फर्कदा केपी ओलीले पोलेको मकै खाए, एकदम मज्जा लागेको भनाई



काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा पोलेको मकै खाएको अनुभव सुनाएका छन् । आज (शुक्रबार) पार्टी कार्यालयबाट घर फर्कने क्रममा बाटोमा मकै पोलेको ठाउँमा रोकिएर मकै खाएको ओलीको भनाई छ ।

उनले सो क्रममा विद्यालय छुटेर फर्किँदै गरेका नानीबाबूहरुसँग रमाईलो भेट गर्ने अवसर मिलेको पनि सुनाएका छन् । ओलीको फेसबुकमा लेखिएको छ–

पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।



प्रतिक्रिया दिनुहोस्