Logo

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा प्रभु शाह पनि सहभागी



काठमाडौं, फागुन २७ । बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाईएको आजको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सहभागी भएका छन् ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् ।

पछिल्लो दिनमा विकास भएको राजनीतिक घटनाक्रमलाई समेत प्रभावित गर्ने गरी आयोगको पदाधिकारी बैठकले शुक्रबार उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेपछि सोहि विषयमा आजको बैठक केन्द्रित रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्