काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट रामसहाय यादवले उम्मेदवारी दर्ता गरेका छन् । रामसहायलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को पनि साथ रहेको छ ।
रामसहाय उम्मेदवारी दर्ताको लागि संसद् भवनस्थित् निर्वाचन अधिकृतको कार्यालय पुग्दा कांग्रेस, माओवादी र नेकपा (एस) का सांसदहरु पनि साथै पुगेका छन् । यसअघि जसपाबाट दुई जनाको उम्मेदवारी पर्ने चर्चा भएको थियो ।
अहिलेसम्म रामसहायमात्रै उम्मेदवारी दर्ताको लागि पुगेका छन् । यसअघि नेकपा (एमाले) को तर्फबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराईसकेकी छिन् ।