काठमाडौं, फागुन २८ । नेपाली बजारमा आज सुनको मूल्य १७ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो।