काठमाडौं, फागुन २९ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्धको बलिङ गरिरहेको छ।
ताजा अवस्थामा पीएनजीले ७ ओभरको खेल सकिदासम्म २ विकेटको क्षतिमा मात्र १७ रन बनाएको छ । नेपालका ललित राजवंशि र सोमपाल कामिले एक एक विकेट लिएका छन् ।
श्रीङ्खला अन्तरगत नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना जीवित राख्न चाहन्छ । यसअघि हिजो भएको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ ।