Logo

माधव नेपालसँग रामसहाय तथा प्रदीप यादवको भेटवार्ता



काठमाडौं, फागुन २९ । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय प्रसाद यादव र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

जसपाका नेता प्रदीप यादवलाई साथमा लिएर राष्ट्रपतिका उम्मेदवार यादव माधव नेपालको निवास कोटेश्वरमा पुगेका हुन् ।भेटवार्ताका क्रममा चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन, समसामहिक राजनीतिक विषयमा छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्