काठमाडौं, फागुन २९ । जनता समाजवादी पार्टी (जसपा) का उपराष्ट्रपति पदका दुई उम्मेदवार मध्येका एक रामसहायप्रसाद यादवले आफ्नो लागि मत माग्दै शिर्षस्थ नेताहरुसँगको भेटघाट तिव्र बनाएका छन्।
जसपाका संसदीय दलका नेता समेत रहेका यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। उनले प्रधानमन्त्रीसँग सिंहदबारमा भेटेर भोट मागेका थिए। त्यसअघि उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका छन्।
आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको उम्मेदवारी परेको छ। एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादव रहेका छन् भने जनमतबाट ममता झाले उम्मेदवारी दिएका छन्।