काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
उनले आज (सोमबार) सभामुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
उनले एमालेका सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतले पराजित गरेका थिए ।