Logo

कुलमान घिसिङद्वारा सबैलाई विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान



काठमाडौं, २९ फागुन । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । आज (सोमबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले सोहीअनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए । उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए ।

उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको उनको भनाइ छ । ‘लगानी सँगै हाम्रो खपत बढाउने कार्य योजना अन्तर्गत विद्युतीय सवारी साधनहरू आइरहेको छ, त्यसको लागि विद्युतीय सवारी साधन प्रयोग सबैले गरिदिनुहुन आह्वान गर्छु’-उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्