काठमाडौं, २९ फागुन । अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ ।
राष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ खाएका हुन् ।
उनले आजै पदभार ग्रहण गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले सफल कार्यकालको लागि आफ्नो देशको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् ।
Congratulations to the Right Honorable President of Nepal Ram Chandra Paudel. Looking forward to working together on issues that matter to both our countries. pic.twitter.com/Q4TJ4VkfwL
— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) March 13, 2023