Logo

विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव, लालबाबुले गरे खुलासा



काठमाडौं, ३० फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेको खुलासा गरेका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दाको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत सहभागी

‘तपाईँको उमेर पनि छ । तपाईँ सक्रिय पनि हुनुहुन्छ । तपाईँ राष्ट्रिय नेतृत्व प्रदान गर्ने क्षमता भएको व्यक्ति हुनुहन्छ । तपाई राजनीतिमा आउनुस्, उहाँ (प्रचण्ड) ले भन्नु भयो । त्यसपछि उहाँ (विद्यादेवी भण्डारी) ले अलिकति अलमल गर्नु भयो,’– उनले भने ।

साथै, निर्वतमान राष्ट्रपति भण्डारी सफल राष्ट्रपति भएको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री ओली, देउवा, रवि लामिछाने, उपेन्द्र यादव लगायतले भण्डारीलाई सफल राष्ट्रपति भनेको उनले बताए ।

‘सबैले सफल भनेका छन् । दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीलेसमेत सफल भन्छन् । हिजो हामी सम्माननीय प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, रवि लामिछाने, उपेन्द्र यादव, रञ्जिता श्रेष्ठले सफल राष्ट्रपति भन्नु भएको छ,’– यादवले भने ।

साथै, प्रधानमन्त्री प्रचण्डले भण्डारीलाई अर्को एक कार्यकाल राष्ट्रपति बन्नका लागि प्रस्ताव गर्दा भण्डारीले उक्त प्रस्ताव अस्विकार गरेको उनको दाबी छ ।

‘प्रधानमन्त्रीजीले के भन्नु भयो भने, हामी सबै जना मिलेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईले अन्तरिम संविधान थियो । त्यो चाहिँ हुँदैन । किन कि राष्ट्रिय सभापति थिएन । प्रतिनिधि सभापनि थिएन । पाँच वर्ष एक कार्यकाल अझ खानुस् हामी मिलाउँला भन्दा विद्यादेवी भण्डारीले मान्नु भएन । म अर्को टर्म खान्न भन्न्ुभयो भनेर उहाँ (प्रचण्ड) ले भन्नु भयो,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्