काठमाडौं, चैत २ । सरकारले कोभिडविरुद्ध भ्याक्सिन नेपालमै उत्पादन गर्न चाहाने उद्योगका लागि दिइएको सुविधा खारेज गरेको छ ।
नेपालमै कोभिडविरुद्धको भ्याक्सिन उत्पादन गर्न चाहानेका लागि आकर्षण सुविधा उपलब्ध गराइए पनि कुनै उत्पादकले चासो नदेखाएपछि सरकारले यो सुविधा खारेज गरेको हो ।
२०७८ साउन दोस्रो साता तत्कालीन सरकारले कोभिड (१९ विरुद्ध प्रयोग हुने भ्याक्सिन नेपालमै उत्पादनका लागि इच्छुक कम्पनीलाई स्वीकृति दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले निर्णय गरेको राजपत्रमा सूचना प्रकाशित गरी साउन २५ गतेबाट लागु भएको सुविधा उपभोग गर्न कुनै लगानीकर्ताले रुची नदेखाएपछि उक्त व्यवस्था खारेज गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आजको कारोबार दैनिकबाट