Logo

उपेन्द्र यादवविरुद्धको मोर्चाबन्दीबाट पछि हट्यो लोसपा, उपराष्ट्रपतिमा जसपाका यादवलाई सघाउने तयारी



काठमाडौं, २ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिको निर्वाचनमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवलाई सघाउने तयारी गरेको छ । लोसपानिकट उच्च स्रोतकाअनुसार यसअघि लोसपाले जनमत पार्टीकी उम्मेदवार ममता झालाई सघाउने निर्णय गरेको थियो । सोहीअनुसार झाको प्रस्तावक र समर्थकमा लोसपाका सांसदहरु बसेका थिए ।

तर, सत्ता गठबन्धनका प्रमुख घटकहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लो जसपाका रामसहायको पक्षधरता लिएपछि लोसपा दबाबमा परेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको सल्लाहमा नै सुरुमा लोसपा ममता झाको पक्षमा उभिएको थियो ।

कतिपयले लोसपा जनमतको पक्षमा उभिनु जसपाका उपेन्द्र यादवको संसद यात्रामा ब्रेक लगाउनु भएको रुपमापनि टिप्पणी गरेका थिए । उपेन्द्र रामसहायलाई उपराष्ट्रपति बनाएर उनकै क्षेत्रबाट उपनिर्वाचनमार्फत संसद् छिर्ने तयारीमा छन् । त्यसको लागि उनले तयारीसमेत गरेका छन् ।

सत्ता गठबन्धनका मुख्य घटकहरु एक ठाउँमा उभिएसँगै लोसपाका नेताहरुलेपनि अब रामसहायलाई सघाउनेगरि बोल्न थालेका छन् । अहिले उपराष्ट्रपतिको निर्वाचनको मौन अवधि सुरु भएको छ । दलहरुले कुनैपनि उम्मेदवारको पक्षमा पक्षधरता देखाउन पाउने छैनन् । निर्वाचन आचारसंहिता लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्