काठमाडौं, ५ चैत्र । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।
आज बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो । योसँगै नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने पनि निर्णय गरेको छ ।
यस्तै, आजको संसद्को बैठकमा समेत सत्ता पक्षमा बस्ने निर्णय लिईएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेपाली कांग्रेस र रास्वपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय लिईसकेका छन् ।
कांग्रेसले पनि सरकारमा सहभागी हुने तयारी गरेको छ । रास्वपाले भने सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे कुनै निर्णइ लिएको छैन् ।