Logo

म खोज्दै बालकोट गएको होईन, एमाले नै मलाई खोज्दै आएको हो : प्रधानमन्त्री दाहाल (भिडिओसहित)



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीकहाँ नगएको स्पष्ट पारेका छन् । उनले बरु बरु एमाले नै आफूलाई खोज्दै आएको दाबी गरे । संसद्मा विश्वासको मत लिने क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,“म खोज्दै गएको होइन, तपाइँहरु खोज्दै आउनुभएको हो, त्यसबेला कांग्रेसलाई के भन्नुभयो ? अहिले सबै कुरा नभनौं । बरु मैले तपाइँलाई दुईपल्ट प्रधानमन्त्री बनाएको थिएँ, एउटा तिर्नुभयो एउटा अझै बाँकी छ । दुई महिनामा किन यस्तो भयो रु मेरो सोझो उत्तर छ । शान्ति र संविधान मेरो दृष्टिकोण नै हो ।”

प्रधानमन्त्री दाहालले गठबन्धन गरेर लोकतन्त्रको नयाँ अभ्यास गरिरहेको भन्दै नेकपा विभाजन र संसद विघटनको गम्भीर समीक्षा गर्न ओलीलाई चुनौती दिए । उनले गठबन्धन बदलेकोबारे एमाले उपाध्यक्ष विष्णु पौडेलले जवाफ मागेको भन्दै पौडेल आफैं उपप्रधानमन्त्री भएकाले जवाफ दिन आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले आफुले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको पनि बताए । उनले अघि भने,‘मैले तपाईलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ, तपाईले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । तपाईले तिर्नुभयो । एउटा त तिर्नुभयो अझै एउटा बाँकी छ हिसाब राख्नुस् ।’



प्रतिक्रिया दिनुहोस्