काठमाडौं, चैत १५ । मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः सत्ता गठबन्धनको बैठक बस्दै छ ।
मंगलबार साँझ बसेको बैठकमा दलहरुले आकर्षक मन्त्रालयमा आ आफ्नो दाबी नछोडेपछि मन्त्रालय बाँडफाँटबारे सहमति हुन सकेको थिएन । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने अडान लिएपछि बैठक निष्कर्षविहीन बनेको हो ।
अहिले विहान ९ बजे बस्ने तय भएको बैठक तोकिएकै समयमा सुरु हुन नसकेपनि शिर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसेका स्रोतले जनाएको छ ।