Logo

कर्मचारीलाई अन्यत्र काम गर्ने लाइलेन्स किन ?



काठमाडौं, चैत १६। सरकारी कर्मचारीहरू सरकारी काममा भन्दा बाह्य काममा व्यस्त हुनुपुग्दा सेवा प्रवाहको अवस्था कमजोर बन्दै गइरहेको देखिएको छ ।

सरकार आफैंले कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिने प्रवृत्ति बढ्दा कर्मचारीहरूमा कामचोर संस्कृति मौलाउँदै गइरहेको सरोकारवालाको भनाइ छ ।

विशेषगरी कर्मचारीहरूले सरकारबाट स्वीकृत स्वरूप लाइलेन्स नै लिएर बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीका कारोबार गर्ने गरेका छन् । जसका कारण कर्मचारीमा ‘हाटा’ संस्कृति मौलाउँदै छ ।

निजामती क्षेत्रमा कर्मचारीहरूले नै ‘हाटा’ भन्ने शव्दलाई चर्चित बनाएका छन् । ‘हाटा’ भन्नाले कार्यालयमा हाजिर गर्ने र अन्यत्र टाप कस्ने प्रवृत्ति हो । यस्तो प्रवृत्ति रोक्न सरकारले विद्युतीय हाजिर प्रणालीको विकास गरेपनि कर्मचारीमा भने खासै सुधार हुन नसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्