राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने बारा -२ को निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी अशोक कुमार चौधरीलाई दिइएको छ ।
यसअघि संयोजक गणेश काकीले पदबाट राजीनामा दिएपछि चौधरीलाई जिम्मेवारी दिएको प्रवक्ता मुलुक ढकालले बताए ।
कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएकोमा भएपनि स्वास्थ्यको कारण नसक्ने भएपछि उनले राजीनामा दिएको जनाएको छ । मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।