काठमाडौं, चैत १८ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढिरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ । पछिल्लो एक सातादेखि नेपालमा कोरोनाको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण्म देखिएको छ । १ हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित भेटिएको राष्ट्रिय इपिडिमियोृलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
एक सातामा देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ । संक्रमण बढेसँगै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । आजको राजधानी दैनिकबाट