पोखरा, १९ चैत्र । उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा महासंघ गण्डकी प्रदेशले वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठलाई सघाउने भएको छ । हिजो (शनिबार) पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई सघाउने सर्वसम्मत निर्णय गरेको हो ।
पोखरा उद्योग बाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मतरुपमा जिताउने निर्णय भएको प्रदेश महासंघले जनाएको छ । महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरेको हो ।
बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग बाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केहि जिल्ला नगरका अध्यक्षहरुको सहभागिता थियो ।