काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा रहेको बताएका छन् । उनले आफ्नो दलले हालैको निर्वाचनमा हाँसिल गरेको सफलता अझैपनि चिक्तबुझ्दो नभएको बताए ।
लोकतान्त्रिक आदिवासी जनजातिको महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु सवल व्यापक राष्ट्रिय शक्ति निर्माणको लागि लागिपर्ने बताए । उनले पार्टीले त्यही उद्देश्यअनुसार मिसन ग्रासरुट चलाएको पनि स्पष्ट पारे ।
उनले पार्टीको तल्लोस्तर र जनतामा पुग्नको लागि यो अभियान चलाईएको जिकिर गरे । उनले चुनावमा एमालेभित्र अन्तरघात गर्नेहरु एमाले हुनै नसक्ने पनि बताए । उनले हालैको निर्वाचनमा कतिपय क्षेत्रमा अन्तरघात भएको आरोप लगाए । उनले आफूहरुले गलत प्रवृत्तिको विरोधमात्रै नगर्ने बरु बिग्रिन नदिने प्रवन्ध गरिने स्पष्ट पारे । Photo By: Mukunda Kalikote/ReportersNepal
https://www.facebook.com/sarokartvhd1/videos/1293220424596091