काठमाडौं, १९ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भने मन्त्री बन्न क्वालिफिकेसन पुग्ने खुलासा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै एमाले विरोधी हुँ भने मन्त्री बन्न क्वालिफिकेसन पुग्ने खुलासा गरेका हुन्।
उनले भने, ‘भवितव्यमा दुई वटा सिट आयो। एमालेका विरुद्ध बोले। मन्त्री भए। जान्नुतान्नु केही पनि पर्दैन। एमालेको पक्षमा म छैन। एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ। यस्तो ठाउँमा हामीले देश बनाउने अभिभारा बोकेका छौँ भने त्यो गम्भीरता हामीमा हुनु पर्यो।’