Logo

पूर्वमन्त्री पौडेल बने एमालेबाट बारा-२ को उम्मेदवार



काठमाडौं २० चैत । नेकपा एमालेले बारा-२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवार टुंगोलगाएको हो ।

यसअघि साबिक बारा-३ र ६ बाट चुनाव जितेका पौडेलले पछिल्लो २ पटक टिकट पाएका थिएनन् । मंसिरको निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

यो उपनिर्वाचनमा बारा दुईमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्