Logo

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष तिमल्सिना शिक्षण अस्पतालमा



काठमाडौं २० चैत । गत शनिबारदेखि त्रिवी शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

अध्यक्ष तिमल्सिना राष्ट्रपति पौडेल भेट्न आज शिक्षण अस्पताल पुगेका हुन् । उनले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिउँदै स्वास्थ्य लाभको कामना गरे ।

यसअघि विहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए । उपराष्ट्रपति यादवले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायत अस्पतालमा पुगेका थिए।



प्रतिक्रिया दिनुहोस्