काठमाडौं २० चैत । बैशाख १० मा चितवन -२ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पूर्व जिल्ला सभापति जित नारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल र समर्थकमा रामचन्द्र अधिकारी रहेका छन् ।
यो क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् । यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए ।