काठमाडौं, चैत २१ । युवा उद्यमी मनोज पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । आध्यान्त फण्ड एण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक पौडेलले महासंघको यहिँ चैत २९ गते हुने निर्वाचनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
हाल महासंघको अन्तराष्टिय लगानी प्रर्वद्धन समितिका सहसभापति रहेका पौडेलले आध्यान्तमार्फत स्वदेशी तथा विदेशी पुँजी जुटाएर नयाँ इनोभेसनका क्षेत्रमा लगानी गर्दै आएका छन् । इन्वेष्ट एन्ड इन्फ्रका सहसंस्थाप रहेका पौडेल प्राईम कर्सियल बैंकका संचालक समेत हुन् । देशभित्र दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं टेक्निकल स्कुल संचालमा ल्याएका पौडेलले हाल थुप्रै क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन् ।
लण्डन स्कुल अफ इकोनमिक्सबाट एमएस्सी उत्तिर्ण गरेका पौडेलको सरकारी र निजी दुवै क्षेत्रमा काम गरेको अनुभन छ । नेपालमा स्टार्ट अप र युवा युद्यमशिलतालाई प्रवद्र्धन गर्दै आएका पौडेलले लगानी बोर्ड, उद्योग तथा वाणिज्य मन्त्रालय र विकास साझेदारहरुसँग काम गरेको अनुभव छ । उनले यसअघि अर्थशास्त्रीको रुपमा विकास साझेदारहरु काम गरिसकेका छन् ।