Logo

एमाले उपमहासचीव गुरुङको टिप्पणी : हनिमुन पिरियड सकिँदासम्मपनि सरकारले पूर्णता पाएन



काठमाडौं २१ चैत । नेकपा एमालेका उपमहासचीव पृथ्वी सुब्बा गुरुङले सरकारले आफ्नो हनिमुन पिरियड सकिँदासम्म्पनि मन्त्रिमण्डल समेत बिस्तार गर्न नसकेको भन्दै आलोचना गरेका छन ।

मङ्गलवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले यही गठबन्धनका कारण नेपालको भूराजनीतिक र कूटनीतिक सम्बन्ध जटिल बन्दै गएको बताए ।

उनले भने ‘देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकाले ध्यान दिएको छैन । एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ’।



प्रतिक्रिया दिनुहोस्