काठमाडौं, चैत २१ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो ।
आज एक तोला छापावाल सुन एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख आठ हजारमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन तोलाको एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।