Logo

दार्चुलामा एक किशोरीले गरिन झुण्डिएर आत्महत्या



दार्चुला, २१ चैत्र । दार्चुलामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्।

जिल्लाको शैल्यशिखर नगरपालिका-७ खालीडाँडाकी १८ वर्षीया पूजा बिष्टले मंगलबार दिउँसो करिब ४ बजे घर नजिक्कैको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक बिरेन्द्रसिंह थापा नेतृत्वको टोली घटना स्थलमा गएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

मृतक किशोरी विवाहीत रहेको खुल्नमा आएको छ।



प्रतिक्रिया दिनुहोस्