काठमाडौं, चैत २२। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) पेशी रहेको छ। यसअघी
मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।
लामिछानेले आजै आफूविरुद्ध परेको दाबी विरोध र उजुरीमा स्पष्टीकरण बुझाउनु पर्नेछ । उनले आज दिउँसो १ बजेसम्म स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाउने छन् । उनले दिएको स्पष्टीकरणबारे अपरान्ह ५ बजेसम्म निर्णय हुनेछ । उनीविरुद्ध सोमबार र मंगलबार तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।