काठमाडौं २३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम भएको बताएका छन्।
बिहीबार सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम भएको बताएका हुन्।
उनले भने, ‘यो विकसित र परिमार्जन भएर आएको छ। १० दलको दिमाग मात्र होइन अघिल्लो सरकारमा भएका पार्टीका नेताहरूको पनि यसमा दिमाग छ। अन्त्यमा गएर हेर्दा यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम हो। यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकार राजनीतिक दल र कर्मचारीहरूको पनि हो।’