Logo

वैशाख १ गते शीतलनिवास छिर्न प्रवेशपत्र अनिवार्य



काठमाडौं, चैत २४ । गृह मन्त्रालयले संविधान दिवसको अवसरमा वितरण गरिने मानपदवी थाप्न शीतलनिवास छिर्न प्रवेशपत्र अननिवार्य गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी वैशाख १ गते प्रदान गरिने मानपदवी वितरणको सचना प्रकाशित गर्दै मन्त्रालयले शीतलनिवासमा हुने विभूषण समारोहमा सहभागी हुन प्रवेशपत्र अनिवार्य बोकेर जान आग्रह गरेको छ ।

चैत २४ गतेदेखि २९ गतेसम्म आफ्नो परिचय खुल्ने प्रमाणसहित गृह मन्त्रालय सिंहदरबारमा सम्पर्क गरी ‘सुशोभन समारोहको प्रवेशपत्र’ लिन जारी सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ सूचना

 



प्रतिक्रिया दिनुहोस्