Logo

सत्ता गठबन्धनमा किचलो सुरु, हस्ताक्षर दुरुपयोग भएको चित्रबहादुरको आरोप



काठमाडौं, २४ चैत्र । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको भोलिपल्टै विवाद सुरु भएको छ । गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्युनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छ् ।

खासगरी साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौं गम्भीर प्रकारका मतभेदहरु रहेको भन्दै हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका छन् ।

केसीको दलले सुरुवातदेखि नै संघीयताको विरोध गर्दै आएको छ । केसी स्वयमले पनि प्रादेशिक संरचना खारेज गर्नुपर्नेमा जोड दिएका छन् । उनले संघीयता देश र जनताको लागि घाँडो भएको बताउँदै आएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्