काठमाडौं,२४ चैत । सरकारले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
प्रतिनिध सभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद मनिस झाले आपत्ति जनाएका हुन् ।
उनले भने प्रधानमन्त्री ज्यू यो सरकार राष्ट्रिय सहमतिको सरकार हो भन्दै हिड्नु भएको छ तर राष्ट्रिय सहमतिको सरकार हो भने हिजो समेटिएको न्यूनतम साझा कार्यक्रमका कुराहरु आज हटाउने अवस्था किन आयो ?बलात्कार,भ्रष्टचार लगायतका गम्भिर प्रकृतिका कुरा तत्काल सम्बोधन गर्ने कुरा आज किन फेरीयो? हाम्रो पार्टीले बाचापत्रमा समाबेश गरेका कुरा किन परीवर्तन गरीयो ? यो प्रश्न हो यहाँ हामीप्रतिको सोच ,व्यवहार र राजनैतिक अस्तित्व प्रतिको व्यवहार परिवर्तन हुदैँ छ भने हामी त्यसमा स्प्रष्टता चाहान्छौ ।