Logo

उपेन्द्र यादवलाई स्यालको संज्ञा दिएका सिकेले आफूलाई सिंह भने



काठमाडौं, २४ चैत्र । जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध एकपछि अर्को गरेर कडा टिप्पणी गरेका छन् । बारा–२ को उपनिर्वाचन नजिकिएसँगै राउत जसपाका अध्यक्ष यादवलाई रोक्नेगरि अघि बढेका छन् ।

उनले आफूलाई सिंहसँग तुलना गरेका छन् । यसअघि पनि राउतले यादवलाई फिरंगीको संज्ञा दिएका थिए । आज भने उनले स्याल (गिदड) को संज्ञा दिएका छन् ।

उनले फेशुबकमा लेखेका छन्–‘कसरी छाडिदिउँ उसलाई एक्लै ? जसले अन्याय र जंगलराज विरूद्ध एक्लै लड्ने हिम्मत गरेको छ । झुण्डमे तो गिदड आते हे । शेर अकेला हि आते है ।’

गत मंसिरमा सम्पन्न निर्वाचनमा राउतले नै जसपाका अध्यक्ष यादवलाई पराजित गरेका थिए । यादवले संसद्मा छिर्नकै लागि आफ्नो दलबाट बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्