Logo

आजबाट सिंहदरबारको फोहोर नउठ्ने, बालेन भन्छन-‘देश सफा गर्न त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्छ’



काठमाडौं, चैत २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । फोहोर उठाउन स्थानीय नेताहरूबाट अवरोध हुँदै आएको संकेत गर्दै उनले देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताएका छन् ।

“आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,” बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् ।

फोहोर व्यवस्थापनका क्रममा स्थानीयबाट पटक–पटक अवरोध हुने गरेपछि मेयर बालेनले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् । फोहोर व्यवस्थापनमा राजनीतिक दलका नेताहरूबाटै प्रत्यक्ष तथा परोक्ष रुपमा असहयोग हुने गरेको उनले बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्