Logo

दश दलीय गठबन्धन चार/छ महिना जाला, त्यहाँभन्दा बढि जाँदैन् : गोकुल बाँस्कोटा (भिडिओसहित)



काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजनीतिक अस्थिरताले गर्दा मुलुक झनै समस्यामा परेको टिप्पणी गरेका छन् । जनताले अब एउटा दललाई पाँच वर्ष सरकार चलाउन दिनेगरि बहुमत दिनुपर्नेमा जोड दिए ।

उनले नेपालमा एउटै पुस्तो तीन पटक क्रान्ति गरेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । बाँस्कोटाले अहिलेको दश दलीय गठबन्धन चारदेखि ६ महिनासम्म मात्रै टिक्ने दाबी गरे ।

उनले भने,‘यो स्वार्थहरुको गठजोठ हो । यहाँ इमान नै छैन् । चमत्कार गर्नेहरुले गरे भयो त ।’ उनले आगामी दिनमा कांग्रेस र एमाले मिलेर चुनावमा जाने सम्भावना नै नभएको सुनाए । तर, कार्यक्रमको आधारमा सहकार्य भने हुनसक्ने उनको टिप्पणी छ । उनले चुनावअघिको गठबन्धन नै गलत भएको दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्