काठमाडौं, चैत २७ । कलाकार तथा निर्देशक दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै व्यङ्ग्यले यतिबेला समाजिक सञ्जालमा चर्चा कमाइरहेको छ ।
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोबारे निर्देशक गिरीले गरेको व्यङ्ग्यलाई गर्दै सांसद श्रेष्ठलाई कमसल खालको ढाकाको संज्ञा दिएका छन् ।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, जतिसुकै राम्रो कपडा पसल खोल्छु भनेपनि कपडाका थानमा दुई(चार कमसल ढाका त छिरिहाल्ने रहेछन्!’
निर्देशक गिरीले समसामयिक राजनीतिक विषयमा व्यङ्ग्य गर्दै आइरहेका छन्।