काठमाडौं, चैत २८ । सांग्रिला डेभलपमेन्ट बैंककोे नवनिर्वाचित अध्यक्ष उज्ज्वल सत्यालले राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
यस्तै सञ्चालक समितिका अध्यक्ष सत्यालद्वारा अन्य सञ्चालकहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण पश्चात् नवनिर्वाचित सञ्चालक समितिद्वारा आफ्नो कार्य सुरु गर्ने व्यहोरा जानकारी गराइएको छ। बैंकको मुलुकभर ११२ शाखा कार्यालय, ३० एटिएम शाखा रहेका छन्।