काठमाडौं,२८ चैत । विकाश राज आचार्य निर्देशक रहेको प्रतिक्षित चलचित्र ‘नाँई नभन्नु ल ६ ’आगामी नँया बर्षमा प्रदर्शनमा नआउने भएको छ ।
चलचित्र विकास वोर्डबाट चलचित्रको सेन्सर पास नहुँदा उक्त दिन चलचित्र प्रदर्शनमा नआउने भएको हो । फिल्मलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ ।
बैशाख १ गते शुक्रवारबाट हलहरुमा ‘नाँई नभन्नु ल ६’सँगै,उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’, दयाहाङ राई अभिनित चलचित्र ‘बिहे पास’ र सुरक्षा पन्त अभिनित चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आउने बताईएको थियो ।
‘नाँई नभन्नु ल ६’को प्रदर्शन रोकिएपछि वहुप्रतिक्षित चलचित्र ‘जारी’लाई राहात हुने भएको छ ।
बैशाख १ गते लेखक उपेन्द्र सुब्बाको डेब्यु निर्देशन रहेको चलचित्र ‘जारी’ प्रदर्शन हुँदै छ । दयाहाङ राई र मिरुना मगर अभिनित रहेको उक्त चलचित्र पूर्वी नेपालको लिम्बु समुदायमा प्रचलित जारी प्रथामा आधारीत रहेको छ ।