Logo

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका देशबन्धु बस्नेत को हुन् ?



काठमाडौं, २८ चैत्र । उद्योग व्यवसायी देशबन्धु बस्नेतले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
महासंघको हाल केन्द्रीय सदस्य समेत रहेका बस्नेतले पुनः केन्द्रीय सदस्यकै लागि चुनावी मैदानमा उत्रिने भएका हुन्।

महासंघमा पदाधिकारीमा उठ्नका लागि दुई पटक केन्द्रीय सदस्य बन्नुपर्ने प्रावधान रहेको छ। अर्को पटक पदाधिकारीमा भिड्ने उद्देश्यसहित बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। नीजि क्षेत्र, उद्योग व्यवशाय र मुलुककै अर्थतन्त्रका लागि आफ्नो जित आवश्यक रहेको उम्मेदवार बस्नेतको दाबी छ।

आफ्नो पहिलो कार्यकाल सफल रहेको बताउँदै बस्नेतले दोस्रो कार्यकालमा यसअघिका बाँकी काम पूरा गर्ने बताए।

उनले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्यको रुपमा मेरो पहिलो कार्यकाल अविस्मरणीय रह्यो। महासंघभित्र अग्रजहरुको साथ र सहयोग तथा आफ्नो ज्ञान, अनुभव र शीपका आधारमा उद्यमी व्यवसायीहरुले भोगेका समस्यालाई तार्किक निष्कर्षमा पुर्याउने काममा थप सक्रिय रहन ठूलो ऊर्जा र उप्रेरणा प्राप्त भएको छ।’

उनले आफूलाई फेरि पनि निर्वाचित गराउन सबै मतदाताबाट साथ र सहयोग हुने अपेक्षा गरे।

को हुन् देशबन्धु बस्नेत?
उद्योग, ब्यापार, लगानी, रोजगारी र देशको अर्थतन्त्रका लागि योजना, दूरदृष्टि, परिपक्वता सहित लामो दौडको घोडाका रूपमा अनवरत अघि बढिरहेको नाम हो देशबन्दु अर्थात् अजित।

एबी ईन्भेष्टमेन्ट होल्डिङ्गसका अध्यक्ष बस्नेत नेपाल उद्योग वाणिज्य महासंघको द्विर्राष्ट्रिय तथा एनआरएन फोरमका सभापति हुन्।

जाम्बियाका लागि नेपालका महावाणिज्यदूतसमेत रहेका उनी सार्क चेम्बर अफ कमर्सका कार्यकारी सदस्य समेत रहेका छन्। नेपालको समृद्धि र विकासका लागि उद्योग व्यवशायका माध्यमबाट अनवरत योगदानसहित स्थापित बस्ने नेपालको होटल तथा हस्पिटाली क्षेत्रमा ऐतिहासिक लगानी र सफल व्यवसायको उदाहरण बनेका छन्।

उद्योग व्यवसाय, सामाजिक सेवा र मानवकर्मका लागि खेलेको भूमिकाका लागि नेपाल सरकारबाट पटक पटक सम्मानित उनलाई कोरोना कहरमा उनी र उनको संस्थाले गरेको योगदानको कदरस्वरुप एभिन्युज टेलिभिजनले उनलाई उक्त सम्मान दिएको थियो।

बस्नेतलाई नेपाल उद्योग वाणिज्य महासंघको भविष्यका लागि नेतृत्वका रूपमा स्थापित हुने गरी उदाएको व्यक्तित्वका रुपमा लिइन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै युवा सफल उद्योगीका रूपमा परिचय स्थापित गरेसँगै बस्नेतको उपस्थिति निजी क्षेत्र र मुलुककै लागि सुनौलो आशा र विश्वासका बनेर छाईरहेको बताइन्छ। नीजि क्षेत्रमा बस्नेतको उपस्थितिले मुलुककै अर्थतन्त्रको उचाईंका लागि योगदान पुग्ने विश्लेषकहरु बताउँछन्।

समन्वयकारी क्षमता, महासंघमा सबैको प्रिय बनेर साझा समर्थनसहित अघि बढिरहेका बस्नेत युवा जोस, क्षमता, कर्मको हुटहुटीका साथ असल मानवीय धर्मका रूपमा समाज, देश र विश्वलाई नै उद्योग व्यवसाय र सेवाका माध्यमबाट आकर्षित गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस्