काठमाडौं, २८ चैत्र । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले ब्याजदर घटाउने विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समर्थन जनाएको बताएका छन्।
प्रधानमन्त्रीसँगको सोमबारको बैठकमा सिबिफिनले २ अंक ब्याजदर घटाउन सुझाव दिएपनि गभर्नर अधिकारी १० प्रतिशत ब्याजदर घटाउने पक्षमा देखिएका हुन्।
ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक रहेकको अध्यक्ष गोल्यानले बताए। ‘यो ब्याजदर नेपाली उद्योगी व्यवसायीले बहन र सहन गर्न सक्दैनन्,’ भेटबारे जानकारी दिन मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
अहिले बैंकमा लगानीयोग्य रकम भए पनि लगानी गर्न मनोबल कमजोर भएको गोल्यानको भनाइ छ। ‘लगानी गरे पनि भोलि नउठने हो कि भन्ने चिन्ता बैंक व्यवसायी दुवैमा छ,’ उनले भने।