Logo

५ घन्टा पछि सर्‍यो रास्वपाको केन्द्रीय समिति बैठक



काठमाडौं, चैत २८ । अहिले बिहान ९ बजेका लागि बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पाँच घण्टा पर सरेको छ । पार्टी महामन्त्री डा मुकुल ढकालका अनुसार अहिले विहान बस्ने तय भएको बैठक अव दिउँसो २ बजे बस्ने भएको छ ।

‘केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले केही समय बैठक सारिएको उनले बताए । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएपछि बैठक सारिएको महामन्त्री ढकालले बताए ।

केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने महामन्त्री ढकालले बताए। पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका डा. ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरेको थियो।

श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको छ। श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ।



प्रतिक्रिया दिनुहोस्