Logo

सडक निर्माणका लागि सांसद आलेले मागे दश अर्ब बजेट



काठमाडौं, २९ चैत्र । नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सडक निर्माणका लागि सरकारसँग १० अर्ब बजेट माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आलेले सडक निर्माणका लागि सरकारसँग १० अर्ब बजेट माग गरेका हुन्।

सांसद् आलेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विगतमा नै वैकल्पिक राजमार्गमा रहेको सडक धनगढी-खुटिया-बझाङ-चैनपुरहुँदै उरेसम्मको सडक दक्षिणमा मित्र राष्ट्र भारत र उत्तरमा मित्र राष्ट्र चीनको तिब्बत क्षेत्रसँग जोडिएको हुँदा नेपालको एकमात्र त्रिदेशीय सडक भएको बताएका छन्।

उनले सो सडकको बारेमा भने,‘हिन्दूहरुको आस्थाको केन्द्र कैलाश मानसरोवर जान लम्बाइ मात्र २९० किलोमिटर रहेकोले यो नेपाल राष्ट्र गौरवको आयोजना हो। यो सडक रोजगारीको आधार तथा देश विकासको मेरुदण्ड भएकोले अगामि आर्थिक वर्ष २०८०/८१को बजेटमा करिब १० अर्ब बजेट विनीयोजन गर्दिन सम्बन्धित मन्त्रालयलाई हार्दिक अनुरोध गर्दछु।’



प्रतिक्रिया दिनुहोस्